FAQs Complain Problems

उत्तरगया गाउँपालिकाको छोटो परिचय

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम  बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको  हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९  नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ८२५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ ।