FAQs Complain Problems

उत्तरगया गाउँपालिकाको छोटो परिचय

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम  बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको  हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९  नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ८२५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगालेको र तदअनुरुपका स्थानीय तह घोषणा भए पश्चात स्थानीय तहले आफ्नो क्षेत्रको विकासको जिम्मेवारी प्रभावकारी तरिकाले निर्वाह गर्नुपर्ने हालको पहिलो आवश्यकता देखिएको छ । जनताको सबैभन्दा निकटको सरकारको रुपमा गाउँपालिका अथवा नगरपालिकाको व्यवस्था गरेको छ । जस अनुसार स्वायत्तताको उच्चतम अभ्यास तथा विकेन्द्रीकरणको माध्यमद्वारा स्थानीय शासनमा सहभागिता, जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्वको मर्मलाई समेत उच्चतम महत्व दिइएको छ । स्थानीय जनताले प्राप्त गर्ने सेवा सुविधालाई छिटो, छरितो र प्रभावकारी बनाई विकास प्रक्रियालाई समेत उच्च गति दिनुपर्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ । सहकारीता, समन्वय र सहअस्थित्वका आधारमा संचालन हुने स्थानीय शासन प्रक्रियामा जनसहभागिता र साझेदारीको सुदृढीकरण गर्न नीतिगत तथा व्यवहारिक अभ्यासहरु अगाडी बढि रहेका छन्। विकसति सन्दर्भमा संविधान प्रद्धत्त अधिकार बमोजिमको भुमिका निर्वाह गर्न नवनिर्वाचित पदाधिकारीको कुशल नेतृत्वमा शासन संचालन र विकास प्रकृयालाई प्रभावकारी रुपले दिशानिर्देश गर्नु आवश्यक छ । स्थानीय सरकारका गतिविधिहरुबाट जनआकांक्षाको व्यवस्थापनमा अपेक्षित नतिजा हासिल गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको छ । विद्यमान आर्थिक सामाजिक अवसरहरु एवं गाउँपालिकाको आर्थिक श्रोत, श्रोतका अन्य सम्भावनाहरु, मानव संसाधन लगायतका उपलव्ध अन्य श्रोतहरुको अधिकतम उपयोग गरी प्राथमिकताका आधारमा योजनाहरुको चयन गर्न सघाउ पुग्ने हुन्छ । तथ्यमा आाधारित योजना र नतिजमुलक विकासका लागि सहयोग पुर्याउनका लागि सूचना तथा अन्य तथ्यांकहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । वस्तुस्थिति विवरणले गाउँपालिका तहमा तर्जुमा हुने योजनाका लागि समेत सूचनाको आधार तयार गर्न महत्वपूर्ण हुनेछ । विद्यमान कानूनी तथा नीतिगत व्यवस्थाका साथसाथै सरोकारवालासँगको परामर्श र विगतका सफल अभ्यासको आधारमा तयार गरिएको वस्तुस्थिति विवरणले गाउँपालिकाको सेवा प्रवाह, आन्तरिक स्रोत परिचालन तथा योजनावद्ध विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

uttargaya map

 

 

 

वडा पदाधिकारी