विद्यालय: श्री नव विजयी महेन्द्र माध्यमिक विद्यालय, भलायडाँडा, उत्तरगया-४, रसुवा (स्थापित: २०१९ साल) पत्र सं.: ०८३/०८४ | चलानी नं.: ३४ | मिति: २०८३/०८/०२ सूचना: प्रथम पटक प्रकाशित मिति २०८३/०८/०२
रिक्त पद
विज्ञापन नं.: ००२/०८३/०८४
तह/श्रेणी: प्राथमिक/तृतीय
सेवाको प्रकार: करार
पद संख्या: २ (दुई)
तलब सुविधा: संघीय नियमानुसार
योग्यता
न्यूनतम शैक्षिक योग्यता: माध्यमिक तह परीक्षा (कक्षा १२)
उमेर: १८ वर्ष पुरा भई आवेदन दिने अन्तिम दिनसम्म ४० वर्ष नाघेको नहुनुपर्ने
नागरिकता: नेपाली
आवेदन प्रक्रिया
आवेदन दिने अन्तिम मिति: २०८३/०८/१६ गतेसम्म, कार्यालय समयभित्र
विद्यालयको नाममा हिमालयन बैंकमा रहेको च.हि.नं. १२००७७९७१९००१२ मा दरखास्त दस्तुर जम्मा गरी रसिद समेत सामेल गरी पठाउन सकिने
दरखास्तसाथ पेश गर्नुपर्ने कागजात
१. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि
२. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३. पासपोर्ट साइजको फोटो २ प्रति
४. अध्यापन अनुमती पत्र
परीक्षा तथा छनोट प्रक्रिया
परीक्षाको किसिम: लिखित, अन्तरवार्ता तथा आवश्यकताअनुसार प्रयोगात्मक
पाठ्यक्रम: शिक्षक सेवा आयोगको पाठ्यक्रमअनुसार
सम्पर्क मिति: दरखास्त दिने अन्तिम दिन तोकिनेछ
परीक्षा मिति: सम्पर्क मितिमा तोकिनेछ
अन्तरवार्तामा: सामेल हुँदा अनिवार्य रूपमा सक्कल प्रमाणपत्रहरू पेश गर्नुपर्ने
पृष्ठभूमि
उत्तरगया गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८३/०७/१८ को च.नं. ४७४ को पत्र अनुसार प्राप्त अनुमति र विद्यालयको मिति २०८३/०८/०२ को विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम सूचना प्रकाशित गरिएको।
शिक्षक सेवा आयोगको करार सूचीमा रहेका उम्मेदवारहरूले निवेदन परेमा स्वतः नियुक्ति हुने, अन्यथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९७ बमोजिम प्रक्रिया पुरा गरी नियुक्ति गरिने।