समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD

स्थानीय पर्व बिदा सम्बन्धी सूचना ।

स्थानीय पर्व बिदा सम्बन्धी सूचना (हरिबोधिनी एकादशी, तुलसी विवाह)

उत्तरगया गाउँपालिकाको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पवित्र स्थल उत्तरगयाधाममा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) को दिन भक्तजनहरूको बाक्लो उपस्थिति भई ठूलो मेला लाग्ने र एकादशीको अघिल्लो बेलुका यसै गाउँपालिकाको ३ नं. वडा स्थित पवित्र धार्मिकस्थल भूमेस्थान मन्दिरमा ठूलो मेला लाग्ने भएको हुँदा मिति २०८३ मंसिर ४ गते पर्न गएको हरिबोधिनी एकादशीको अवसरमा स्थानीय पर्व बिदा दिने मिति २०८३ मंसिर २ गते बसेको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेकोले सो दिन उत्तरगया गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयहरू बन्द रहने सम्बन्धित सबैमा जानकारी गराइन्छ ।