समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD

हाम्रो मिशन

दृष्टि (Vision)

समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

लक्ष्य (Goal)

स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी समृद्ध गाउँपालिका निर्माण गर्ने। गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी तथा आधारभूत सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने। कृषि, पर्यटन, उद्यमशीलता तथा रोजगारीका अवसर विस्तार गरी आत्मनिर्भर स्थानीय अर्थतन्त्र विकास गर्ने। सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिकमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउने। प्राकृतिक स्रोत, वातावरण तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै दिगो विकास हासिल गर्ने।

उद्देश्य (Objectives)

कृषि तथा पशुपालनको आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने। उत्तरगयाको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको संरक्षण, विकास र प्रवर्द्धन गर्ने। शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा सामाजिक सुरक्षाका सेवाहरू प्रभावकारी बनाउने। सडक, पुल, सिँचाइ, विद्युत् तथा सञ्चारजस्ता पूर्वाधारको दिगो विकास गर्ने। युवाहरूलाई सीप विकास, स्वरोजगार तथा उद्यमशीलतामार्फत आर्थिक अवसर सिर्जना गर्ने। महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको सशक्तीकरण गर्ने। सूचना प्रविधिमा आधारित छिटो, छरितो र पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्ने। वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने। स्थानीय कला, संस्कृति, भाषा, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने। संघ, प्रदेश, निजी क्षेत्र, सहकारी तथा समुदायसँग सहकार्य गरी दिगो विकासका लक्ष्य हासिल गर्ने।