सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धी सूचना

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना।

प्रस्तुत विषयमा सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम असोज मसान्त भित्र निवेदन दिनुपर्ने प्रावधान रहेको र आर्थिक वर्ष २०८३/०८४ देखि सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थित गर्न महिला, बालवालीका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको सूचना अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनु भएका लाभग्राहीहरुले आगामी आ.व. २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको ढाँचामा २०८३ श्रावण १ गते देखि असोज मसान्तभित्र देहाय बमोजिमको कागजातहरु संलग्न राखि राष्ट्रिय परिचयपत्र (NIN) को आधारमा Bio-Metric verification/ IRIS Verification गरी सम्बन्धित वडा कार्यालयमा स्वंयम उपस्थित भई नाम नवीकरण गर्न/गराउनु हुन सम्पुर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तोकिएको म्याद भित्र नाम नवीकरण नभएमा प्रणाली मार्फत लाभग्राहीहरुको लगत कट्टा स्वतः हुनेछ र त्यस्ता लाभग्राहीहरुले पूनः सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न चाहेमा सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १२ बमोजिम नयाँ लाभग्राही सरह निवेदन दिनुपर्ने व्यहोरा समेत जानकारी गराईन्छ।

नवीकरणको लागि आवश्यक कागजातहरु

* राष्ट्रिय परिचयपत्र नम्बर ।

* ज्येष्ठ नागरिक अन्य र ज्येष्ठ नागरिक दलितको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ताको पट्टा।

* ज्येष्ठ नागरिक एकल महिलाको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति र एकल महिलाको आधार खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।

* विधवाको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति र पतिको मृत्य दर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नभएको वडा सिफारिस ।

अपाङ्गको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, अपाङ्गता परिचयपत्रको प्रतिलिपि, १ प्रति, जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

दलित बालबालिकाको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

नोटः

१. सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा ५ बमोजिम सोह वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो

हेरचाह आफै गर्न नसक्ने र नब्बे वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई लाभग्राहीमा सूचिकृत हुन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यक हुने छैन।

२. लाभग्राहीहरुले आफु अस्थाई बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वेडा कार्यालयबाट समेत आफ्नो Bio-Metric verification गराई नाम नवीकरण गर्न सकिनेछ ।

थप जानकारीको लागिः

सम्पर्क नम्बरः ९८६०६६७८८८ मा सम्पर्क गर्न सकिने छ।