समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD

विविध शैक्षिक/आर्थिक सहयोग प्राप्त गर्नका लागि निवेदन दिने सम्बन्धी सूचना

१५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुहोला | मिति: २०८३।०७।१६

श्री सम्बन्धित सबै,
उत्तरगया गाउँपालिका, लहरेपौवा, रसुवा।

विषय: विविध शैक्षिक/आर्थिक सहयोग प्राप्त गर्नका लागि निवेदन दिने सम्बन्धी सूचना।

मिति २०८३।०५।१० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी वा अन्य कारणले आमा वा बाबु वा दुवै गुमाएका बालबालिका, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थी र फरक क्षमता (अपाङ्गता) भएका विद्यार्थीलाई भविष्यमा गाउँ कार्यपालिकाको निर्णयका आधारमा शैक्षिक/आर्थिक सहयोग तथा संरक्षण उपलब्ध गराउने प्रयोजनका लागि यो सूचना जारी गरिएको छ।

उत्तरगया गाउँ शिक्षा समितिको मिति २०८३।०७।१२ को निर्णयअनुसार, सम्बन्धित बालबालिकाले आफ्नो अभिभावक वा एकाघरको सदस्यको सहयोगमा तपसिलका कागजात सहित यो सूचना जारी भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन पेस गर्नुहोला। निवेदन प्राप्त नभएमा यस प्रक्रियामा समावेश हुन नसकेका बालबालिकालाई सहयोग गर्न नसकिने कुरा समेत जानकारी गराइन्छ।

पेस गर्नुपर्ने कागजात:
✓ नजिकको अभिभावकको सहयोगमा निवेदन
✓ जन्मदर्ता प्रमाणपत्र / नेपाली नागरिकताको प्रमाणपत्र
✓ उत्तीर्ण गरेको तह वा कक्षाको ग्रेडसिट वा लब्धाङ्क पत्र
✓ सबैभन्दा नजिकको अभिभावकको नागरिकताको प्रमाणपत्र
✓ विद्यार्थी वा अभिभावकको बैंक खाता विवरण (चेकको फोटोकपी र प्यान कार्ड)
✓ अपाङ्गता भए परिचयपत्र

बोधार्थ:
श्री सबै वडा कार्यालय - निवेदन सङ्कलन गरी समयमै पत्रमार्फत पालिकामा पेस गर्नुहोला।
श्री शिक्षा विकास तथा समन्वय एकाइ, रसुवा - आवश्यक जानकारीका लागि।

सहजीकरण: प्राविधिक सहायक श्री चिरञ्जीवि ढकाल, सम्पर्क: ९८६७२३२९०१