राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी प्रक्रिया, २०८३ अनुसार मिति २०८३/०५/१० गते रसुवा भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरिँदैछ। यस गाउँपालिकाभित्र स्थायी ठेगाना भएका बेपत्ता व्यक्तिका परिवारले मिति २०८३/०७/१६ गतेभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुहोला।
यसअघि मिति २०८३/०६/२७ मा सूचना प्रकाशित भएकोमा दशैँको बिदाका कारण अवधि अपुग भएकाले यो सूचना पुनः प्रकाशन गरिएको हो।
एकाघरका परिवारले बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेर खुल्ने कागजात, नाता प्रमाणित हुने कागजात, र स्वघोषणासहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएमा वडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्कासहित निवेदन पेस गर्नुपर्नेछ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत
उत्तरगया गाउँपालिका, लहरेपौवा, रसुवा
संलग्न फाइल: