यस उत्तरगया गाउँपालिका क्षेत्रभित्र विभिन्न प्रकारका व्यापार, व्यवसाय, उद्योग तथा सेवा सञ्चालन गर्दै आउनुभएका सम्पूर्ण व्यवसायी, उद्यमी तथा इच्छुक व्यवसायीहरूलाई स्थानीय तहमा व्यवसाय दर्ता गरी प्रचलित कानुन बमोजिम आवश्यक अनुमति तथा इजाजत प्राप्त गरेर मात्र व्यवसाय सञ्चालन गर्नुहुन र यस अघि दर्ता भई संचालनमा रहेका व्यावसायीहरूले नियामनुसार अद्यावधिक गरेर व्यवसाय संचालन गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ।
गाउँपालिका क्षेत्रभित्र हालसम्म व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेका सम्पूर्ण व्यवसायीहरूले यथाशीघ्र गाउँपालिकामा सम्पर्क गरी आवश्यक कागजातसहित व्यवसाय दर्ता गर्नुहुन अनुरोध गरिन्छ। दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
तिलकराम पोखरेल
प्रमुख प्रशासकीय अधिकृत
उत्तरगया गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, लहरेपौवा, रसुवा