मिति २०८३ भाद्र १० गतेको विनाशकारी बाढी पश्चात गाउँपालिका भित्रका सडक, पुल, आवास, विद्युत ग्रीह, विद्युत पावर हाउस, जलविद्युत, यातायात, सञ्चार लगायतका अन्य सबै क्षेत्रहरुमा क्षति पुगेको व्यहोरा अवगत नै छ। बाढी पश्चात पुरीएका र बगाएका संरचनाहरु उत्खनन् गर्ने कार्य सूचारु गरिएको छैन।
हाल त्रिशुली नदी तटीय क्षेत्रमा विभिन्न किसिमका कवाडी जन्य सामाग्रीहरु अवैध रुपमा संकलन र उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको हुँदा यस उत्तरगया गाउँपालिका क्षेत्रभित्र विभिन्न प्रकारका कवाडी सामग्री (फलाम, तामा, पित्तल, आल्मुनियम, प्लास्टिक, कागज, बोतल तथा अन्य पुनः प्रयोगयोग्य सामग्री) संकलन, खरिद तथा बिक्री गर्ने व्यक्ति, समूह, फर्म वा संस्थाहरूले कवाडी सामग्री संकलन तथा ओसारपसार नगर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। यस सूचनाको अवज्ञा गरी कवाडी सामग्री संकलन तथा कारोबार गरेको पाइएमा प्रचलित कानुन बमोजिम हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
तिलकराम पोखरेल
प्रमुख प्रशासकीय अधिकृत
उत्तरगया गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, लहरेपौवा, रसुवा