मिति २०८३।०५।१० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्तरगया गाउँपालिकाको शैक्षिक क्षेत्रमा ठूलो क्षति पुगेको छ। विद्यालय भवन, कक्षाकोठा र शैक्षिक सामग्रीमा मात्र होइन, शिक्षक, विद्यार्थी र अभिभावकहरूमा समेत दीर्घकालीन असर परेको छ।
बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न, विद्यार्थीहरूलाई विद्यालयमा फर्काउन र टिकाइराख्न नेपाल सरकार, प्रदेश सरकार, विकास साझेदार, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र, पूर्वविद्यार्थी, शिक्षाप्रेमी तथा दाताहरूसमक्ष तपसिलका न्यूनतम आवश्यकता सार्वजनिक गरिएको छ।
तपसिल:
१. तीन माध्यमिक विद्यालयमा आवासीय छात्रावासको व्यवस्थापन
२. छात्रावास सामग्री (सिरक, डसना, बेड, भाँडाकुँडा) तथा भान्से र आया
३. प्रविधिमैत्री विद्यालय (ल्यापटप, स्मार्ट बोर्ड, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर)
४. अभिभावकविहीन बालबालिकाका लागि विशेष शैक्षिक कार्यक्रम र अभिभावकका लागि जीविकोपार्जन कार्यक्रम
५. विपन्न विद्यार्थीका लागि झोला, पोशाक, शैक्षिक सामग्री सहितको छात्रवृत्ति
६. बालमैत्री बालविकास कक्षाकोठा
७. कक्षा ५ सम्म धुलोरहित कक्षाकोठा
८. पूर्ण क्षति भएका तीन विद्यालयको क्षतिपूर्ति र बेपत्ता शिक्षकका परिवारलाई क्षतिपूर्ति
९. नीलकण्ठ माध्यमिक विद्यालयका लागि सुविधासम्पन्न छात्रावास भवन
१०. सिकाइ क्षति परिपूरणका लागि अतिरिक्त कक्षा
११. क्षति भएका १७ वटा ल्यापटपको प्रबन्ध
१२. बालविकास कक्षाका लागि खेल तथा सिकाइ सामग्री
१३. शिक्षक प्रोत्साहन तथा विद्यालय व्यवस्थापन सहयोग
१४. शिक्षकहरूका लागि सूचना प्रविधि तालिम
१५. विज्ञान, गणित र कम्प्युटर प्रयोगशाला
१६. बालबालिका तथा अभिभावकका लागि मनोसामाजिक परामर्श
१७. एक विद्यालय एक बालउद्यान तथा विद्यालय रङ्गरोगन