कुनै प्रभावित परिवार वा व्यक्तिको नाम छुट भएमा वा दोहोरो परेमा, सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र (२०८३।०७।२० गतेसम्म) प्रमाणसहित गाउँपालिका कार्यालय वा सम्बन्धित वडा कार्यालयमा दावी वा विरोध दर्ता गराउनुपर्ने। प्राप्त दावी-विरोधको छानबिनपछि अन्तिम सूची प्रकाशन गरिनेछ।
संलग्न सूची: २०८३ भाद्र १० गतेको भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको वडागत विवरण (वडा नं. १ देखि ५), जसमा नाम, लिङ्ग, उमेर, बेपत्ता स्थान र घरमूलीको नाम उल्लेख छ। वडा १ मा कुल बेपत्ता तथा मृतक ३५७ (महिला १५४, पुरुष २०३) देखिन्छ। वडा २ मा ७०, वडा ३ मा ३१, वडा ४ मा ७८ र वडा ५ मा १०० जना उल्लेख छन्।