नेपाल रेडक्रस सोसाइटी र UNFPA नेपालको साझेदारी तथा गाउँपालिकाको समन्वयमा, बाढीबाट प्रभावित घर परिवारका गर्भवती तथा सुत्केरी महिलाहरूलाई नगद सहायता उपलब्ध गराइने भएकाले ३ (तीन) दिनभित्र तलको मापदण्ड अनुसार सूचीकरणका लागि अनुरोध गरिएको छ। सूचीकरणका लागि ANC अथवा PNC कार्ड र नागरिकता परिचयपत्र खुल्ने कागजातको प्रतिलिपि लिएर आउनुपर्नेछ।
तपसिल (को को योग्य):
१. उत्तरगया गाउँपालिकाभित्रका बाढी प्रभावित गर्भवती महिलाहरू
२. बाढी प्रभावित घर परिवारका अस्थायी रूपमा बसोवास गरी गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य चेकजाँच गराइरहेका सबै गर्भवती महिलाहरू
३. ६ (छ) महिनाभित्रका सबै सुत्केरी महिलाहरू
४. हालैको बाढीका कारण एकल भएका महिलाहरू
५. HIV संक्रमित महिलाहरू
६. मिति २०८३ असोज २६ गतेदेखि २०८३ पौष १६ गतेसम्म गर्भपतन गराएका वा गर्भ खेर जाने अनुभव गरेका महिलाहरू
७. प्रभावित किशोरीहरू (१० देखि १९ वर्ष उमेर समूहका, बाढीपछि मृत्यु भएको परिवार वा पूर्ण रूपमा घर क्षति भएको परिवारका)
विवरण टिपाउनका लागि सम्पर्क:
१. निरुता गुरुङ - डाँडागाउँ स्वास्थ्य चौकी: ९८४९९८४९९९
२. कृष्ण प्रसाद भण्डारी - ठुलोगाउँ स्वास्थ्य चौकी: ९८४४४८२६२९, ९८६३१९४६४४
३. केशवराज विष्ट - लहरेपौवा स्वास्थ्य चौकी: ९८५१२७६५९९, ९८६३१९८४६४६
४. मनिका आचार्य - बोगटीटार सामुदायिक स्वास्थ्य इकाइ: ९८४९४३४०५१
थप जानकारीको लागि: नेपाल रेडक्रस सोसाइटी - किरण सेढाइ (९८५६०६०२८३) तथा स्वास्थ्य शाखा प्रमुख श्री सुनिल सिंह महता (९८६४७७३०८४)