मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीको सूची नवीकरण गर्ने सम्बन्धी सूचना
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीको सूची नवीकरण गर्ने सम्बन्धी सूचना
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीको सूची नवीकरण गर्ने सम्बन्धी सूचना
सुचना प्रकाशित मितिः २०८३/०४/०७
"मृगौला प्रत्यरोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने सम्वन्धि कार्यविधि-२०७८” को दफा ६ बमोजिम प्रत्येक आर्थिक वर्षको सुरुमा लाभग्राहीको विवरण अध्यावधिक तथा सूची नवीकरण गराउनु पर्ने व्यवस्था रहेकोले आ.व. २०८३/०८४ को प्रयोजनार्थ लाभग्राहीको सूचिमा पर्ने लक्षित समुहका व्यक्तिले मिति २०८३/०४/३१ गते भित्र सम्बन्धित वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिई लाभग्राही सूचि नवीकरण गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। निवेदन दिने प्रक्रियाः राष्ट्रिय परिचय पत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नावालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, बैंक खाताको विवरण, अनुसूची-१ बमोजिमको ढाँचामा चिकित्सकको सिफारिस, मेरुदण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी प्राप्त गरेको रातो वा निलो परिचय पत्रको प्रतिलिपि सहित सम्बन्धित वडा कार्यालयमा अनुसूची-२ बमोजिम निवेदन दिनु पर्नेछ । लक्षित समुह लाभग्राहीः मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गराइरहेका, क्यान्सर रोग पहिचान भई उपचार पछि निको भइसकेका व्यक्ति बाहेकका क्यान्सर रोगी (क्यान्सर पहिचान भई उपचारपछी निको भइसकेका तर चिकित्सकले तीन-तीन महिनामा निरन्तर निगरानीमा राखेका व्यक्ति यस लाभग्राहीको सूचीभित्र पर्नेछन्) मेरुदण्ड पक्षघात भएका (रातो वा निलो अपाङ्गता परिचय पत्र वाहक व्यक्ति। नोटः नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ, संस्था वा संगठनबाट रोजगारी/निवृत्तिभरण वा विदेशी सरकारवाट रोजगारी/पेन्सन प्राप्त गरिरहेका व्यक्तिलाइ यो सुविधा उपलब्ध गराईने छैन। नेपाल सरकारबाट उपलब्ध गराईदै आएको सामाजिक सुरक्षा भत्ता वा यो कार्यविधिबमोजिम उपलब्ध गराइने औषधी उपचार वापत खर्च (मासिक रु. ५०००/-। मध्ये कुनै एक किसिमको सुविधा मात्र प्राप्त गर्न सकिने र एकै व्यक्तिलाई एक भन्दा बढी लक्षित समुहमा परेको अवस्थामा दोहोरो पर्ने गरी सुविधा उपलब्ध गराइने छैन।
तोकिएको आवश्यक अनुसूचिहरु वडा कार्यालय वा गाउँपालिकाको स्वास्थ्य शाखाबाट प्राप्त गर्न सकिनेछ ।