FAQs Complain Problems

उत्तरगया गाउँपालिका बाट देखिएको हिमालको दृश्य

Read More

उत्तरगयाधाम क्षेत्र

Read More

घलेगढ़ी पर्यटकीय क्षेत्र उत्तरगया वडा नं ४

Read More

वडा नं २ स्थित भाँगे झरना

Read More

संक्षिप्त परिचय

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम  बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको  हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९  नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या ८५५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगालेको र तदअनुरुपका स्थानीय तह घोषणा भए पश्चात स्थानीय तहले आफ्नो क्षेत्रको विकासको जिम्मेवारी प्रभावकारी तरिकाले निर्वाह गर्नुपर्ने हालको पहिलो आवश्यकता देखिएको छ । जनताको सबैभन्दा निकटको सरकारको रुपमा गाउँपालिका अथवा नगरपालिकाको व्यवस्था गरेको छ । जस अनुसार स्वायत्तताको उच्चतम अभ्यास तथा विकेन्द्रीकरणको माध्यमद्वारा स्थानीय शासनमा सहभागिता, जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्वको मर्मलाई समेत उच्चतम महत्व दिइएको छ । स्थानीय जनताले प्राप्त गर्ने सेवा सुविधालाई छिटो, छरितो र प्रभावकारी बनाई विकास प्रक्रियालाई समेत उच्च गति दिनुपर्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ । सहकारीता, समन्वय र सहअस्थित्वका आधारमा संचालन हुने स्थानीय शासन प्रक्रियामा जनसहभागिता र साझेदारीको सुदृढीकरण गर्न नीतिगत तथा व्यवहारिक अभ्यासहरु अगाडी बढि रहेका छन्। विकसति सन्दर्भमा संविधान प्रद्धत्त अधिकार बमोजिमको भुमिका निर्वाह गर्न नवनिर्वाचित पदाधिकारीको कुशल नेतृत्वमा शासन संचालन र विकास प्रकृयालाई प्रभावकारी रुपले दिशानिर्देश गर्नु आवश्यक छ । स्थानीय सरकारका गतिविधिहरुबाट जनआकांक्षाको व्यवस्थापनमा अपेक्षित नतिजा हासिल गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको छ । विद्यमान आर्थिक सामाजिक अवसरहरु एवं गाउँपालिकाको आर्थिक श्रोत, श्रोतका अन्य सम्भावनाहरु, मानव संसाधन लगायतका उपलव्ध अन्य श्रोतहरुको अधिकतम उपयोग गरी प्राथमिकताका आधारमा योजनाहरुको चयन गर्न सघाउ पुग्ने हुन्छ । तथ्यमा आाधारित योजना र नतिजमुलक विकासका लागि सहयोग पुर्याउनका लागि सूचना तथा अन्य तथ्यांकहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । वस्तुस्थिति विवरणले गाउँपालिका तहमा तर्जुमा हुने योजनाका लागि समेत सूचनाको आधार तयार गर्न महत्वपूर्ण हुनेछ । विद्यमान कानूनी तथा नीतिगत व्यवस्थाका साथसाथै सरोकारवालासँगको परामर्श र विगतका सफल अभ्यासको आधारमा तयार गरिएको वस्तुस्थिति विवरणले गाउँपालिकाको सेवा प्रवाह, आन्तरिक स्रोत परिचालन तथा योजनावद्ध विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।
 

जन प्रतिनिधि

प्रमुख प्रशासकीय अधिकृत

दिपक प्रसाद अधिकारी

9851254790

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सूचकले आबश्यक सूचना दिएमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र नागरिकताको प्रमाणित प्रतिलिपि २) बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय ३) जहाँ जानेहो त्यस ठाउको लालपुर्जा र जुन ठाउमा आउनेको पनि पेश गर्नु पर्ने ४) बसाईसराई गरि आउनेको हकमा बसाईसराई गरि ल्याएको प्रमाणपत्र ५) जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३) मृतक संग सम्बन्ध जोडिने प्रमाणपत्र ४) अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन ५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र र नागरिकताको प्रतिलिपि २) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पति कर तिरेको रसिद ब्यबसाय भएमा ब्यबसाय कर तिरेको रसिद ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरुः-

१) घर कायम सिफारिस पाऊ भन्ने सम्बन्धि निबेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि ४) स्थलगत प्रतिबेदन ५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निबेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदकको बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जमिन मिचुल्का गरि भुझ्नुपर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३) स्थानीय तहबाट दर्ता भएको ब्यबसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
४) बहाल सम्झौताको प्रतिलिपि
५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब, सम्बन्धित फाटका कर्मचारी लाग्ने समय-
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रतिफोटो
५) घर बहाल सम्झौताको प्रतिलिपि
६) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि ब्यबसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको ब्यबसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

Pages

जानकारी

Pages